धन्यवाद ज्ञापन
- सुक बहादुर मेयोङहाङ

- Feb 23
- 1 min read

सर्वप्रथम त सम्पूर्ण मेयोङहाङ (थेगिम) बन्धुहरुमा सेवारो नमस्कार ।
विज्ञान र प्रविधिको आविस्कार र अघिक प्रयोगले आज चमत्कारी कार्यहरु भइ रहेका छन् । यसलाई नकर्न पनि सकिन्न विज्ञान र प्रविधिको पछि नलागि र प्रयोग नगरी पनि सुखै छैन । यति हुदै पनि हामी मानव जातिको उत्पति विकास तथा ऐतिहासिक दस्तावेजहरु सुरक्षित राख्दै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो भन्ने ठानेको छु । यहि शिलशिलामा मेयोङहाङ (थेगिम) हरुको प्रथम ऐतिहासिक वंशावली वि.स. २०५७ सालमा मेयोङहाङ (थेगिम) वंशावलीका पिता आदरणीय देवमान मेयोङहाङको सक्रियतामा विभिन्न व्यक्तित्वहरुको सहयोगमा प्रकाशन भएको थियो । उक्त वंशावली लेखनमा
विविध कारणले तथ्याङकहरु संकलन हुन नसकि छुटिनु भएका र त्यसपछि जन्मनु भएको बन्दुहरुको नामावली प्रकाशनमा तथ्याङक सङकलन मस्यौदा लेख्न आर्थिक व्यवस्थापन, कम्प्यूटरका कार्यहरुमा उचित पुस्तक प्रकाशन लगायतका कार्यहरुमा उचित सरसल्लाह परामर्श दिनुहुने सल्लाकार ज्यूहरु केन्द्रीय समितिका सहसचिव पदम मेयोङहाङ, सदस्य जय प्रसाद (दिपेश) मेयोङहाङ लगायत विभिन्न सामाजिक सञ्चाल प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण मेयोङहाङ वंशहरु लगायत सहयोग सदभाव राख्नु हुने शुभकामना दिनु हुने कि.या.चु. केन्द्रीय कमिटि, प्रदेश कमिटि र जिल्ला कार्य समिति पाँचथर लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।




Comments