top of page
Search

संक्षिप्त इतिहास

मोति प्रसाद मेयोङहाङ
मोति प्रसाद मेयोङहाङ


हामी थेगिमहाङहरुको संक्षिप्त इतिहास, सान्दीहाङ (थेगिमहाङ) सन्तानहरुः

१. लडाकसेन (पिनुहाङ), २. सेन चवेगू, ३. हाङसुरुम्बा, ४. केरुङ, ५. थक्लेहाङ, ५. लोवा र ६. निम्बेकु यी सात भाई हामी आवाज बोली र ठाउँ विशेष बसी आएको हुँदा ठाउँकै अपभ्रंश शब्दबाट थर रहि आएको हाम्रा पुर्खाहरुको भनाई रहेको छ । सान्दीहाङका जेठा छोरा लडाकसेन (पिनुहाङ) विजयपुरबाट तिब्तीय सेनासँग युद्ध गर्ने क्रममा तिब्बत लासासम्म लडाकसेनका सेनाहरु युद्ध गरी तिब्बतीय सिमा र सम्झौता गरी फर्की आउँदा हिलिहाङ यकमा बसोबास गरी त्यहाँ बास बसी पान्चथरको याङनाम खलङ्गा बसे । त्यहाँबाट दाजुभाई छुटिएर याङनाम बाँसबोटे बसोबास गर्ने क्रममा पुगे त्यहाँ पनि सहजता नभएकोले बासबोटे देखि पाँन्थर नाङ्गेन ठाउँमा स्थायी बसोबास लडाक सेन (पिनुहाङ) नाङ्गेन ठाउँमा बसे । यी कायम भनाई तथ्य प्रमाण छ छैन् । हाम्रा पुर्खाहरु भनाई रहेको छ ।

 

मेयोङहाङ थर कसरी भयो ?

       लडाक सेनका (पिनुहाङ) सन्तान जेठा सुपुत्र युद्धमा गर्ने क्रममा तेह्रथुमको देवस्थल खाना बनाई खाने क्रममा त्यहि ३ ढुंगाको चुलो बनाएर खाना बसाउँदा एउटा बिरालो आवाज त्यहि चुला ढुङ्गाबाट आएको र खाना समेत पोखीएकोले लडाक सेन (पिनुहाङ)ले ती चुलो खुकुरीले काटेको चुलो मध्ये एक ढुंगामा खुकुरीको चोट लागेका छ भन्ने भनाई रहेको छ । त्यो चुलो गाढी पछि हाम्रा पुर्खा पिनुहाङ सिकिस्त विराम भएकोले त्यो विरालो नै हाम्रो लिम्बू भाषामा मेयोङहाङ (थेगिम) थर रहेको छ । हामी लिम्बूहरु खाम्वोहाङसा, लुङवोङसा तागेरा निवाभूमाङ नाम या. मी. सा. त्यसकारण हामी लिम्बूलाई ठाउँमा नाम चराचुरुङी जनावारको लुवाई सुवाई, हिडाई र चालना चलन अनुसाबाट नै हामी लिम्बूहरुको थर रहि छ । यो भनाई हाम्रा पुर्खाहरुको छ । हामी लिम्बूहरुको थर हाल सम्म ६९९ थरी छ भन्ने विशाल भनाई रहेको छ ।

 

हाम्रो सत्रथुमको नाम

१. मिक्लुक थुम–मोरङ जिल्ला

२. विजयपुर थुम–सुनसरी जिल्ला

३. चौविस थुम – धनकुटा

४. पेल्लारा–थुम–धनकुटा

५. फाकफोक–थुम– ईलाम –क्षेत्रमा हरेका दार्जिलिङ, सिक्किम, भूटान,

  कालेबूङ र टिस्टा नदिसम्म ।

६. मिक्लाचङ– थुम– इलाम

७. पाँन्थर –थुम– सुम्जीरी सुमहालुङ गडी–पाँचथर

८. तेह्रथुम–थुम– तेह्रथुम

९. छथर–थुम– तेह्रथुम

१०. फेदाप–थुम– तेह्रथुम

११. आठराई–थुम– तेह्रथुम

१२. याङवरक–थुम– तेह्रथुम

१३. तमरखोला–थुम– ताप्लेजुङ

१४. मवाखोला –थुम– ताप्लेजुङ

१५. मिवा खोला–थुम– ताप्लेजुङ

१६. सगरमाथा–थुम– संखुवासभा

१७. पाँचसपन्न–थुम– संखुवासभा

       आदिवासी (मुलवासी) लिम्बूहरु प्राचिन थलो सत्र थुम भित्र अरुण नदि पूर्व र टिस्टा नदि पश्चिममा रहि बसी आएको । यी थुमहरु १८३ भन्दा अगाडिको लिम्बूहरुको राजाहरु (थुम) पूष्टि भएको ।

 

मेयोङहाङ थेगिमहरुको शुभा (सुब्बा) पद जिम्मा श्री पृथ्वीनारायण शाहले दिएको उपाधिः

१. जसराज वारजुङे – १९२५ सुभा (सुब्बा)

  मृत्यु पछि जैमान सामीक– शुभा (सुब्बा)

२. शुभराज – १९३० – (शुभा सुब्बा)

३. आशरथ– १९३७– शुभा (सुब्बा)

  आशरथ पछि–धनवर (सैनिक) शुभा (सुब्बा)

४. पुन्हाङ–१९५०– शुभा (सुब्बा)

५. मकरध्वोज–१९५०– पछि माहालाल शुभा (सुब्बा)

६. कञ्चसिं–१९५०– शुभा (सुब्बा) आहाले

७. जंगीवर्ण–१९५०– शुभा (सुब्बा) हस्तवीर

८. लालध्वोज–१९५०– पछि दिलबहादुर नेपाली–शुभा (सुब्बा)

९. रन्ध्वोज–१९५०–शुभा (सुब्बा)

१०. शेरबहादुर वटारसिं १९५० शुभा (सुब्बा)

   रानीटार तुम्बुङबा

मेयोङहाङ थेगिम सुब्बा पदहरु नांगेनमा ९ जीम्मा र रानीटार तुम्बुङवा १ गरी दश जिम्मा रहेको पुष्टि भएको छ ।

 

हाम्रो मेयोङहाङ थेगिम वंशको मुन्धुमी पुर्खाहरुः

१. गौन बहादुर

२. बुद्धिमान

३. अभिध्वोज

       यी हाम्रो पुर्खाहरु हामी मेयोङवाहरुको वंश खोज अनुसन्धान गर्ने क्रममा करिब १५–२० बर्ष अवधिको समय लगाएर वंशका इतिहास खोजेर पहाडे (काँचो) कागजमा २०१५ साल माघ ७ गते लेखेर गौन बहादुरको घरमा लेखि बुद्धि मान घरमा राखेको थियो । हाम्रो थप इतिहास खोज्ने जुटाउने आदरणीय दाजु देउमान मेयोङ थेगिम अध्यक्षमा हाम्रो वंशावलीको पहिलो सँस्करण २०५७ मा मेयोङहाङ थेगिम वंशाली छापिएको थियो । हालको अध्यक्ष सुकबहादुर मेयोङहाङ वा आदरणीय काकाको कार्य कालमा हाम्रो वंशावली दोस्रो संस्करण किताब छपाउने क्रममा तपाईको जीवन यात्रामा जहिलै सफलताले चुमोस भन्ने ओत तागेरा निङवाभूमाङसँग सधै प्रार्थना (सेवा) गर्दछु ।


। सेवारो ।

 
 
 

Comments


bottom of page