top of page
वंशावलीका पिता श्री देउमान मेयोङहाङ
वंशावलीका पिता श्री देउमान मेयोङहाङ

पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं. ७ रानीटार मा बुबा बुद्धिमान मेयोङहाङ र आमा आइतरानी सम्बाहाङफेको कोखबाट वि.स. २००२ साल बैशाख १४ गते सोमबारका दिन श्री देवमान मेयोङहाङको जन्म भएको थियो । साधारण परिवारमा जन्मनु भएका देवमानको बाल्यकाल निक्कै संघर्ष पूर्ण र कष्टप्रद ढङगले नै व्यतित भएको थियो । १८ बर्षकै उमेरमा राष्ट्र सेवामा सेवारत रहि सेवा निवृत जीवन पूर्णरुपमा समाज सेवामा व्यतित भईरहेको छ । वि.स. २०५७ सालमा प्रथम प्रकाशित मेयोङहाङ (थेगिम) वंशावलीको संकलक सम्पादक तथा प्रकाशक समेत रहनु भएको देवमान मेयोङहाङ (थेगित) वंशावलीका पिता हुनुहुन्छ । यदि देवमानको अनुपस्थिति भएको भए आज मेयोङहाङ (थेगिम) वंशावलीको यो प्रथम संशोधन दोस्रो संस्करण प्रकाशन सम्भावना नै थिएन तसर्थ यो वंशावली निर्माणको पहिलो श्रेय देवमानलाई नै जानेछ ।

       विभिन्न समाज रुपान्तरणमा क्रियाशिल रहनु भएका देवमान हाल ७९ बर्षको हुनु भएको छ, भने यो वंशावली संशोधन तथा मेयोङहाङ (थेगिम) उत्थान संघ केन्द्रीय कमिटिको प्रमुख सल्लाहकार रहनु भएका देवमान मेयोङहाङको सुस्वास्थ्य र दीर्घायूको कामना सहित बाँकी जीन सुखमय व्यतित होस्, भन्ने शुभेच्छा समेत व्यक्त गर्न चाहान्छु ।

 

धन्यवाद ।

 
 
 

ความคิดเห็น


bottom of page