दुई शब्द
- चित्रबहादुर सुब्बा मेयोङहाङ

- Feb 23
- 1 min read
Updated: Feb 25

जो वंशीय छ, त्यो वंश हरेक क्षेत्रमा सफल भएको छ । सफल हुँदै गरेको थरगत जातियहरुले बन्धुगत एकता देखाएर सफलता प्राप्त गरेको देखिन्छ । थरगत जातियहरुमा सबैको हातेमालो पाएको अवसर प्रयोग गर्ने र अवसर प्राप्तीको लागि सधै प्रतिस्पर्धा गरी रहने सु–सँस्कृत अवसर हुन्छन् । खुल्ला छलफल, बहस र विचार बिमर्शबाट निचोड विचारका माध्यमबाट समाज निर्माण र परिर्वतनका कार्यहरु सम्पादन गरिन्छ । यस बाटोमा मेयोङहाङ थेगिम उत्थानसंघ क्रियाशील बन्न सकोस् । बन्धुत्व गर्नु र गराउन मेयोङहाङ थेगिम उत्थान संघमा आबद्ध रहेको समस्याहरुको दायित्व र जिम्मेवारी हो । अरु थरगत जातियहरु संघ सद्भाव राख्दै सम्बन्ध समधुर कायम गर्दै आफनो वंशको हरेक क्षेत्रमा उपस्थिति गराउनु प्रतिनिधित्व गर्ने गराउनु हाम्रो धर्म हो । अन्य थरगत संस्थाहरु सँगै स्वच्छ प्रतिस्पर्धा मार्फत समाजको हरेक निकायमा प्रतिनिधित्व प्राप्त गर्न निरन्तर क्रियाशिल रहन हाम्रो कर्तव्य हो । सृजित सभ्य सफल पुस्ता निर्माण हाम्रो लक्ष्य हो । त्यसका विपरित दाजु भाई फाटो ल्याउने मद्यपान धुम्रपान रकमी मोलमोलाई र सामाजिक विकृति र विसंगतीमा चुर्लुम्म डुब्ने र अवसर प्राप्तिको निमित्त हाम्रा निरन्तर संघर्ष र पाएको अवसर जगेर्ना गर्न हाम्रो प्रयासहरुलाई मद्यपान चामलको बोरा, नगद बेच्ने कु–सँस्कृतिलाई भब्यता गर्नु विगतका गल्तीहरुबाट पाठ सिकेर सहि मार्गमा वंशलाई बढाउँदै उन्नत तथा समता मुलक समाज निर्माणमा मेयोङहाङ उत्थान संघ एक उदाहरण बन्न सकोस् । वंश प्रेम र एकतालाई थप मजबुत बनाउन वंशावलीको दोस्रो सँस्करणको प्रकाशनले टेवा पुर्याउन सकोस सवल सश्रम र प्रेरणादायी पुस्ता निर्माणमा सँस्था सफल हुन सकोस् भनि हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । सेवारो ।




Comments