किरात वंशका संक्षिप्त इतिहास
- मेयोङहाङ थेगिम उत्थान संघ नेपाल

- Feb 23
- 8 min read
आजका किराँत वंशहरु मानवहरु विकाससँगै वर्तमान नेपालमा राज रर्जौटा मध्येका वल्लो, माझ र पल्लो किरात नेपालको पूर्वी पहाडी हिमाली जिल्लाहरुमा परापूर्व काल देखि नै बसोबास गर्दै आएको छौ । उही किरातीहरु राई, लिम्बू, र याक्खा जातिको बहुल्यता रहेको छ । तिनै राई लिम्बू र याक्खा जाति समूदाय नै किराँती हुन र उनीहरु बसोबास गरेको भूभाग नै किराँत प्रदेश हुन । किराँत सम्बन्धमा आजको बुझाईमा जे–जस्तो रहेता पनि ऐतिहासिक यर्थात भने अलिक फरक छ । प्राचिन किराँत प्रदेश र किराँती आजको जस्तो सिमित थिएन । किराँत कालिन ईतिहासको पहिलो पाना विश्वको सबैभन्दा प्राचिन मानिएको ग्रन्थ ऋग्वेदबाट सुरु भई यो सिरिया हुँदै मध्य एशियाका देशहरु, चीन मंगोलिया, प्राचिन मेसोपोटामिया, ग्रीस, पर्सिया, काबुल, बर्मा, आसम, काश्मिर काराकोरम तथा भारतीय उपमहादिपको समस्त हिमाल पहाड र बेशीहरु सम्म विस्तार भएको पाईन्छ । वास्तवमा किराँतीहरु को हुन् ? New Biblical Atlas of London trac society नामक पुस्तकको पृष्ठ ७८ मा उल्लेखित ऐतिहासिक तथ्यले यो प्रमाणित गर्दछ । कि प्रारम्भमा किराँत जातिको बसोबास प्राचिन बेबीलोन देशको सुरु राज्य अर्थात बर्तमान सिरिया देशमा थियो । तत्कालिन सिरिया बासीहरुको भाषामा गढी वा शहरहरुलाई किराँत भन्ने गर्दथे । प्राचिन सिरियामा त्स्ता गढीहरु जम्मा दश वटा थिए र दशै वटा गढी वा शहरमा बस्ने भएकोले सिरिया बासीहरु आफूलाई गढीबासी वा शहरबासी भन्ने अर्थमा किराँती भन्ने गर्दथे । प्राचिन सिरियाबासीहरुको गढी (शहर)को नामबाट ‘किराँत’ शब्दको विकास भएको पाईन्छ । अर्थात किराँतीहरुको मूल थलो प्राचिन सिरिया हो । (श्री गणेश ईङनाम पापो, इंमानसिं चेम्जोङको संक्षिप्त जीवनी र किराँत वंशहरुको संक्षिप्त इतिहास २०५१) प्राचिन सिरियाबासीहरु अर्थात किराँतीहरु द्रण्य जातिसँगको संग्रामा पराजित भएपछि आफनो देश छाढी पूर्वतर्फ लाग्नु पर्यो र पूर्वको असुर वंशसँग मिलिजुली एकै वंश भई ‘किराँत असुर’ नाउँले बसोबास गर्न थाले ऐतिहासिक तथ्य Lw. King ले आफनो पुस्तक The History of Nation को २७१ मा उल्लेख गर्नुभएको छ । (श्री गणेश ईङनाम पापो, इंमानसिं चेम्जोङको संक्षिप्त जीवनी र किराँत वंशहरुको संक्षिप्त इतिहास २०५१) ।
त्यसै प्राचिन समयमा किराँतीहरु महन जाति(सभ्य जाति) थिए भनि द्यचबष्ल ज्गमनकयल को पृष्ठ ३९७ मा उल्लेख गर्नु भएको छ । (श्री गणेश ईङनाम पापो, इंमानसिं चेम्जोङको संक्षिप्त जीवनी र किराँत वंशहरुको संक्षिप्त इतिहास २०५१) तत्कालिन समयमा किराँतीहरु पश्चिम काबुल देखि पूर्व बर्मासम्म फैलिएर बसेको थिए । यर्जुवेद र शाम्वेद आदिले किराँत वंशलाई असभ्य र राक्षस थिए भनि इतिहासलाई खोट लगाउने दुहप्रयास गरेको भएता पनि हड्सन अनुसार किराँतीहरु अति सभ्य र समृद्ध जाति भएको हुनाले आर्य वंशले देवता भनि मान्ने पुज्ने गर्दथ्यो । Keith ले आफनो पुस्तक The Religions and Philosoping vedas and Upanished को २३१ मा ऋग्वेदमा उल्लेखीत ‘असुर’ शब्दको खास अर्थ देवता हो भन्ने तथ्यलाई उजागर गरी हड्सनको कथनलाई थप पुष्टी गर्नु भएको छ ।
प्राचिन किराँतवंशीहरु महान मात्र होइन शक्तिशाली पनि उत्तिकै हुँदा बेबिलोन, पर्सिया तथा भारतीय उपमहादिपमा समेत राज्य गरेको कुरा प्राचिन धर्मग्रन्थ ऋग्वेदको १०/९९/१० मा समेत उल्लेख भएको छ भनि विद्धान अटीयन आफनो मत राख्नुहुन्छ । (श्री गणेश ईङनाम पापो, इंमानसिं चेम्जोङको संक्षिप्त जीवनी र किराँत वंशहरुको संक्षिप्त इतिहास २०५१)
यसले के संकेत गर्दछ भने मानव सभ्यताको प्रारम्भिक थलो ग्रीससँग किराँतीहरुको सम्बन्ध आवश्य थियो । त्यसो हुँदा किराँतीहरु प्राचिन कालमा सभ्यताको शिखरमा चढी सकेको सिद्ध हुन्छ । त्यसै शिलशिलागत Old Testament-2 Sammuel नामक ग्रन्थको पृष्ट १५/१८ मा किरातीहरु शुरुदेखि नै लडाकु जातिका थिए भनि उल्लेख गरिएको छ । (श्री गणेश ईङनाम पापो, इंमानसिं चेम्जोङको संक्षिप्त जीवनी र किराँत वंशहरुको संक्षिप्त इतिहास २०५१) ।
लडाकू र शिकारी प्रवृतिको हुनाले यी जातिको बास स्थल पहाडी खण्ड विशेषता काबुल, कश्किर काराकोरम तथा हिमालय खण्डको फेदी र पहाडको पखेरामा बस्ने गर्दछन् । भनि श्री राद्येय राधवले आफनो ऐतिहासिक उत्पन्न भारतका परम्परा र प्राचिन ईतिहासमा उल्लेख गर्नु छ । (श्री राद्येय राधव ऐतिहासिक उत्खनन् भारतको परम्परा प्राचिन ईतिहास ।
पश्चिम दिशाबाट आउने किराँत अर्थात खम्बु जातिसँग मंगोल देशबाट आएका मंगोलीयन चीनबाट आएका चिनिया जातिहरु आपसमा मिलेर एउटा वंश किरात नाउ राखि हिमालयन प्रदेशमा बसेपछि जनसंख्या वृद्धिको कारण बर्मा र फिलि पाइन सम्म किराँतीहरु फैलिएको तथालाई पण्डित राहुल संस्थाले आफ्नो वैद्य संस्कृति नामक ग्रन्थको इतिहासिविद ईमानसि चेम्जोङका अनुसार किरातहरुको उत्पत्ति थलो भूमध्य सागरको आसपास पृष्ट ४७ मा चर्चा गरेका छन् । (पण्डित राहुल सस्कृत्यायनले वेद्यसँस्कृति पृष्ट ४७ )
इतिहासविद श्री इमानसिं चेम्जोङबम अनुसार प्राचिन किराँतहरुको उत्पति थलो भनेको भू–मध्य सागर आसपास (Mediterranean Regon) हो पछिबाट यी किराँतीहरु मेसोपोटामिया (Mesopotamia) अर्थात असिरिया (Assyria) मा गई त्यहाँका असुर वंशसँग मिलेर बस्न थाले । त्यसो हुँदा तिनीहरु किरातेश्वोर कहालाउन थाले असुर नाम गरेका एक प्रतापी राजाले आफू बसेको शहरको नाम आफनो नामबाट राखेपछि असिरिया हुन गएको हो ।श्री चेम्जोङका अनुसार किराँत कालिन प्राचिन ऐतिहासिक झलकहरु प्राचिन वौद्धिक साहित्य तथा ग्रन्थहरुको विविध विद्याहरु (ई.पू. ४५००–१०००) रामायण महाभारत पुराण कौटील्यको अर्थशास्त्र उल्लेख भएको पाइन्छ । उहाँ भन्नु हुन्छ । किराँतीहरु प्राचिन भारतीय आदिवासी थिए । प्राचिन किराँतीहरु मध्य एशिया, पर्सिया, अफगानिस्तान, कश्मिर, पञ्जाव, राजस्थान, बह्रमपुत्रको वेशीहरु, नागा त्रिपरातर्फ सम्पूर्ण हिमालय खण्ड (तिब्वतको केहि भाग) समेतमा फैलिएको थिए । हिमालय खण्ड र यसको आसपासमा बस्ने थारु, दनुवार, मगर, नेवार, गुरुङ, सुनुवार, तामाङ, जिरेल, राई, लिम्बू, याक्खा, धिमाल, लेप्चा, मेचे, कोचे थुप्रै जाति जनजातिहरु बिच आपसी भौतिक पाईन्छ, भन्ने राय श्री चेम्जोङको रहेको छ (Iman Singh Chemjong History and Culture of the Kirat people 1966) हिन्दु धर्म ग्रन्थहरुका अनुसार असुरहरु गैरआर्य हुन । अतः प्राचिन किराँतीहरु गैर आर्य थिए । प्राचिन भारतीय उपमहादिपको गैर आर्यहरुको बारेमा अध्यायन गर्दा यसले मानव समाजको सुदुर पूर्वीय सभ्यतालाई संकेत गर्दछ । यथपी यो ऐतिहासिक सदस्य भने अध्याविद्ध प्रस्ट खुल्न सकेको पाईन्छैन् ।
हिन्दु धर्म ग्रन्थहरुमा अनुसार असुरहरु गैरआर्यन हुन । अतः प्राचिन किराँतीहरु गैर आर्य थिए । प्राचिन भारतीय उपमहाद्धिपको गैर आर्यहरुको बारेमा अध्यायन गर्दा यसले मानव समाजको सुदुर पूर्वीय सभ्यतालाई संकेत गर्दछ । यद्यपी यो ऐतिहासिक सदस्य भने अध्यविद प्रस्ट खुल्न सकेको पाईन्दैन ।
मेसोपोटासीयाको प्राचिन ईतिहासलाई हेर्दा उफ्रेटस (Euphrates) टाइग्रीस (TiGris) नदिको किनारमा अब सेमिट्रस र गैर सेमिट्रस (Semites & Clom Semites) जातिको अनेकन समूदायहरुको संग्राम थलो थियो । यहाँ सेमिट्स भन्नाले आसिरियन पूर्वका अख र हिब्री समूहका मानिसहरुलाई संकेत गर्दछ । हिब्री (Hebrews) भन्नाले Language now spoken by the people of Israel भन्नाले Oxford Dictionary मा अर्थ लगाएको छ । Sir Joho Hummerton का अनुसार भुमध्यसागर आसपास सभ्य जाति सुमेरियहरु आफनो मातृ भूमिबाट बसाई सर्ने क्रममा केहि चीन तर्फ (ई.पु. ३००० बर्ष) र एउटा हिस्सा काबुल हुँदै भारतको पञ्जाव र गंगा नदिको मैदान भएर नेपाल भित्रिएका थिए । Sir Joh Hammerton Enty Races of Mankind Vol -1- 1966 P 434) सुनीतिकमाए चटर्जील किराँत जनकृतिमा तिब्र्वत–बर्मेली भाषा समूहका किरातीहरु प्राचिन समयमा ल्यचमष्अक भाषी आर्यनहरुको प्रवेश हुनु पूर्व भारतमा प्रवेश गरिसकेका थिए ।
यो मंगोलीयन चरित्रका किराती (Indo Mongoloid) हरु धेरै पहिले देखि दविट र असट्रिक जातिहरुसँग मिली मूल भारतीय आर्यन सँस्कृतिको विकास गर्न पुगे (Soniti kumar chatterli kirat jana kirti, 1951 -P.52) डा. स्वामी प्रपन्नचार्यले आफनो प्राचिन किरात इतिहासमा किरात एक ऋषी रहेको चर्चा गर्नु भएको छ । उनका अनुसार राजा आसुमति र यायतीका ऋषी (किरात) लगायतका क्षियन घोषा र सावारा किरात आदि ऋग्वेदको प्रख्यात तन्त्रविद (ऋषी) थिए । किरात राजा विषयको राज्य व्यावस्थाको चर्चा स्कन्द पुराणले गरेको छ । वायू पुराणले यावाना र मत्स्य पुराण, विष्णु पुराण वाल्मीको रामायण महाभारत कौटिल्यको अर्थशास्त्र आदि अनेकन ग्रन्थहरुमा किरातीहरु भारतीय प्रायदिपको पू्र्वीय भागहरु मध्य हिमालयन खण्ड सिन्धुवेंसी सरस्वती यमुना गंगा र ब्रम्हपुत्र नदि विन्दवान क्षेत्र र दक्षिण भारतको विभिन्न क्षेत्रहरुमा बसोवास गरेको कुरा देखाउँछ । यी जातिहरु युद्ध कौशलमा निपूर्ण सम्पन्न र विद्धान थिए । स्वामीजी भन्छनः कावुल देखि पश्चिम र उत्तरी भारतको विशाल भूमिमा शासन गर्ने कसानास (Kusanas) पनि किराती नै थिए ।
आजका विविध जाति जनजातिहरु जस्तो नेपालका माछा, साउता राजी, मगर, गुरुङ, सुनुवार, धिमाल, राई, लिम्बू, र पूर्विय भारतको अहोम, नांगा कुक्की भाईजो, मनिपुरी खसिमा आदि सबै प्राचिन किरात वंशका सन्तानहरु हुन् । स्वामीजी अझ प्रष्ट पादै भन्नु हुन्छ उक्त प्राचिन ग्रन्थहरुमा कहि कतै पनि किरातीहरु मंगोलीयाबाठ आएका हुन भन्ने तथ्य छैन् । अर्थ ववेदको भाग ९ र १० को कैरातिक कुश रीका सकाखनती भेषजम भन्ने मन्त्रले किरातीहरुको जन्म थल्लो यहि हो भन्ने बताएको छ । यजुर्वेदको भाग ३०/१६ मा उल्लेखित ‘गुहाम्य किरात्म’ भन्ने मन्त्रमा किराती ईतिहास पाइन्छ । ऋग्वेदको नमुची सम्वर वर्ची आदि किराती नै हुन् । किरातीहरु आज पनि आफनौ जन्म थलोमा बसेका छन् । किरातीहरु मंगोलीयाबाट आएका हुन भन्ने झुटा हो, नत्र वेदहरु पनि मंगोलीयामा नै लेखिएको ढहरीला भन्ने ऐतिहासिक गहकीलो तर्क आफनो पुस्तक वेदमा के छ ? को पृष्ट ११२–१२५ मा उल्लेख गर्न भएको छ । त्यस्तै शामवेद र यजुर्वेदमा आर्यहरुको असुर वंशसीत लडाँइ भयो भनने उल्लेख भएबाट बैदिक कालमा आर्यहरुले किरात जातिलाई असुर वंश भनि सम्बोधन गरेका छन् । (डा. स्वामी प्रपन्नचार्य वेदमा के छ ? २०५० पृष्ट ११२–११५) भारतको गंगा नदिको समथर भूमितर्फ बसोबास गर्ने किरात वंशी मध्येका याक्खा र शाक्य कोहिचा मोरीया, वर्जी, मल्ल बुली र कालामास आदि थर भएकाहरु आफूलाई लिच्छवी वंश भन्ने गर्थे र यिनिहरुको राज्य हिमालय पहाड र गंगा नदिसम्म विस्तारीत थियो मनी हेमचन्द्र राई चौधरीले उल्लेख गरेका छन् । २ ( हेमचन्द्र राई चौधरी प्राचिन भारतको राजनैतिक ईतिहास (पृ ११६–१२६ ) किरात वंशका एक शाखा लिम्बू जातिको धर्मशास्त्र मुन्धुम (Mundhum) अनुसार किरातका आठ शाखाहरु थिए जसलाई किरात भाषामा साबा बेन्हाङसा भन्ने गरिन्छ । (इमानसिं चेम्जोङ किरात मुन्धुम वि.स. १९६१ योगी प्रेस बुद्धमार्ग पट्ना, विहार) लडाक खम्बुहाङ र सुसुवा लिलिम याक्थुङहाङ वामक दुई किरात शाखाका सन्तानहरु नै वर्तमान भारतको सिक्किम भुटान पूर्वको सुनकोशी र अरुण नदिको वेंशी तथा आसपासमा बसोबास गर्ने गर्दछन् । भनि डा. चैतन्य सुब्बाले उल्लेख गर्नु भएको छ । डा. चैतन्य सुब्बा द कल्चर एण्ड रिलिजन अफ लिम्बू इ. स. १९९५ पृ. १३)
प्राचिन किरात वंशका ऐतिहासिक पृष्ट भूमिका सम्बन्धमा इतिहासकार द्धय प्रेम बहादुर माबोहाङ र भूपेन्द्र शर्मा ढुङगेलको राय अझ विशिष्टीकृत रहेको छ । उहाँहरु आफनो संक्षिप्त नेपाल ईतिहास मार्फत किरात वंशको मूलमा पुग्ने जमको रुपी गर्नु भएको छ । उहाँहरुका अनुसार ‘स्वयम्भू मनु’ सिलाना सागर तप्तगीरी सन्मुख हेमान्त भू–मातृ गर्भबाट पैढा भई दक्ष कन्या सत् रुपालाई विवाह गरी स्वयम्भू मनु बामाङी सत्रुपाका गर्चबाठ हेमन्त भूमिका ‘मंगोल’ एक पुत्र पैदा भए । ती मंगोलका मुनाईङवा योवोइङवा गरी ३ भाई पुत्रको सन्तान तीन पर्छ भई अन्यत्र जाने सल्लाह गरे अनुसार थोवोइङवाको सन्तान हेमन्त गीरीदेखि दक्षिण जापान,बर्मा, श्याम कोचीला ईन्यादि जाति भई सोहि क्षेत्रमा रहे योवोइङवा सन्तान हिमाल गीरी नांधि किपुरुष खण्डमा गई चीन, लासा, उत्तर मंगोललिया चावा लोक्पा तुक्पा र भोटिया जात भाई हिमालय गिरी उत्तरी क्षेत्रमा नै रहे तउस्तै मुनाईङवाको पुत्र किरातईङवाको सन्तान हेमन्त भूमि देखि स्थान बनाई किरातईङवा रहे । किरातइङवाको दश भाई पुत्रहरु १. योक्तुम्बा, २. अप्लिवा, ३. याक्खावा, ४. लुङफेवा, ५. याङफेवा, ६. सुहाचेप्पा, ७. थोक्लोक्पा, ८. गुरक्पा, ९. मागाक्पा र १० थानदाका थिए ।
उक्त किरातईङवाका पुत्रहरु कहिंदा १ पोक्तुम्बा किरातको सन्तानको योक्तुम्बा शाखा २, अप्लिवाको आङपहरीया, याक्खाको याक्खा, ४ लुङफेवाको लहरुङ ५, याङफेवाको याङफू ६, सुहाचेप्पाको सुनुवार हायू र चेप्पा ७, योक्लोम्पाको थाकन थकाली ८, गुरुक्पाको गुरुङ ९, मागाक्पाको मगर र १०, थाङदाबको थारु दुनुवार आदि भई विविध शाखा प्रशाखाको रुपमा फैलनुपुगे । पे्रम बहादुर माबोहाङ लिम्ब र भूपेन्द्रनाथ ढुङेल शर्मा संक्षिप्त नेपाल ईतिहास २०११ ।
भरत बर्षमा आर्यन जातिको प्रवेश पूर्व हिमालको पहाडी खण्ड र ईन्दस नदिको तटसम्म किरात (असुर) राजाको आधिपत्य थियो । सम्बा असुर त्सतका राज गर्दथे । नेपाल खाल्डोमा राज्य गर्ने प्रथम किराती राजा वान असुर थिए । धेरै पछि गोपाल वंशी राजाले उनलाई हराए पछि किरातीहरु पूर्वी नेपाल तर्फ बसाई सरे, पछि पूर्वी नेपालका किराती राजा यलम्बर (प्रथम किराती राजा पनि भन्ने गरिन्छ । नेपाल खाल्डीमा आक्रमण गरी गोपाल राज्यको अन्त्य गरी आफनो राज्यको सिमाना पश्चिममा त्रिशुली नदि र पूर्वमा भूटान र टिस्टा नदिसम्म विस्तार गरेका थिए भनि Kirk Parick टिप्पणी गर्नु भएको छ । (Kirk Patrick an Account of the Kingdom of Nepal P. 257)
किरात वंशी राजाले २९ पुस्ता अर्थात १०४० बर्ष समय नेपालमा राज्य गरे भन्ने के विद्धानहरुको भनाई पनि पाईन्छ । आसाम प्रदेशको प्रख्यात राजा नारकासुर (Narkashur) को छोरा भागदत्तको समयमा महाभारतको लडाई हुँदा किराती सेना र चीनीया सेनी मिली युद्ध गरेका थिए । ई.पू. ३१७ मा नेपालको पूर्वी अञ्चलमा पर्वते (Parbate) नामका प्रतापी किरात राजाले चन्द्रगुप्त मौर्यलाई युद्धमा सहयोग गरेर मगध राज्य अधीनमा बनाए पछि सर्त अनुसार धन्द्र गुप्त मौर्यले उत्तर तिहार वंगाल र आसाम खण्डहरु किरात राजालाई सुम्पिएबाट राजा पर्वते सारा हिमाल पहाड विहार वंगाल र आसामको राजा भएका थिए । त्यस्तै भुटानको किरात राजा सिंगलदिपले फेरी आक्रमण गरी आसाम, वंगाल विहार आफनो राज्यमा गाभे । त्यसछि पर्सियका हराँई सम्पूर्ण उत्तर भारत पसियाको राज्यको अधिनमा गाभे । यसो हुँदा किरात राज्य हिमाली र पहाडी खण्डमा सिमित हुन पुग्यो । श्री गणेश इङनाम पापो लिम्बू (संकल्प) ईमानसिं चेम्जोङको संक्षिप्त जीवनी र किरात वंशको संक्षिप्त ईतिहास वि.स. २०५१ ई.स. १९९४ श्री बाबु प्रिटिङ प्रेस झापा )
पाटनको नेवार किरात राजा थिए भन्ने तर्फ पेश गर्दै सम्पूर्ण नेपाल राज्य पहाडी क्षेत्रहरु किरात राज्य हो भनि सन् १९६८ मा फादर ग्रेवरले लेख्नु भएको छ ।
उपरोक्त किरात वंशको ऐतिहासिक पृष्ठभूमिलाई नियाल्दा यी जातिहरु मध्य एशिया भरी फैलिएको एक प्राचिन जति भए बैद्धिक काल पूर्व नै किरात सभ्यताको झलक यथेष्ट रुपमा पाईन्छ । इतिहासिको विभिन्न काल खण्डमा यी जातिहरु एशिया महादिप विभिन्न कुनामा फैलिन पुगे । नेपाल खाल्डोमा सर्व प्रथम शासन गर्ने राजा वानसुुर पनि किराती नै थिए यो ऐतिहासिक तथ्यले किराँतीहरु यो मुलको आदिवासी मात्र होइन, वरु मूलवासी हुन भन्ने कुराको थप पुष्टी भएको छ । आज काबुलको हजार जाति पञ्जावको राज किराँत कुमार गढवालको खस नेपालको गुरुङ मगर तामाङ ढकुरी खस नेवार सुनुवार थामी, लाप्चे, दुनुवार कोचे, मेचे भोटे याक्खा राई र लिम्बू भारत आसामको नागाले मिरी, मिस्मी भियतनामी खमेट कम्बोडियाको खम्वे खमेर सबै किरात वंशका सन्तान हुन नेपाल राज्यको एकीकरण पूर्व सम्पूर्ण नेपाल विभिन्न राज्य रजौटाहरुमा विभाजित थियो । यी किराँत वंशी राजाहरु अलग–अलग आपुङी राजाका रुपमा थिए वाईसे–चौविसे मगरात थारुवान मोरङ माझ किरात वल्लो तथा पल्लो किरात विजयपुर, फेदाप, मेवा, मौवा याङवरक र तमरखोला आदि खण्डित राजाका रुपमा थियो । यी किरात वंशी राजाहरु रुपमा थिए । उक्त राजाहरु बाइसे, चौबिसे, मगरात थारुवान, मोरङ मायु किरात वल्लो किरात तथा पल्लो किरात विजयपुर, फेदाप, मौवा याङवरक र तमोर खोला आदि खण्डित राज्यका रुपमा थियो ।




Comments